नगरपालिकाको सिफारिस अब घरबाटै

बाँसगढी : बर्दियाको बाँसगढी नगरपालिकामा अब सेवाग्राहीले घरमै बसेर आवश्यक सेवाको सिफारिस पाउने भएका छन् ।
एकीकृत अनलाइन सिफारिस प्रणालीको सुरुवात गर्दै नगरपालिकाले मंगलबारदेखि घरबाटै आफैले अनलाइन सिफारीस लिन सकिने व्यवस्था लागू गरेको हो । बाँसगढी नगरपालिकाको वडा नं ८ ककौराबाट बाँसगढी नगर प्रमुख शालिकराम अधिकारी तथा जर्मन दुतावासका विकास सहयोग प्रमुख स्टेफन रुसेकले संयुक्त रुपमा उक्त प्रणालीको विधिवत् रुपमा उद्घाटन गरे । नगर प्रमुख अधिकारीले ई–गभर्नेन्सको अवधारणा अनुरुप अबदेखि घरबाट नै नगरपालिकाको सिफारिस लिन सकिने बताए । ‘नगरवासीलाइ प्रदान गरिने सेवा सहज, सरल तथा सटिक हुनुपर्छ’ उनले भने ‘लेस पेनको अवधारणा अनूरुप उक्त प्रणाली निर्माण गरिएको हो ।’