बाँकेमा १ वर्षमा ११७ नयाँ एचआइभी/संक्रमित फेला

नेपालगन्ज : बाँकेमा गत वर्ष गतवर्ष मात्रै एक सय १७ जना नयाँ संक्रमीत थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक एड्स फोकल पर्सन मानव नेपालीका अनुसार हरेक वर्ष औसत एक सय बढी नयाँ संक्रमित थपिएका छन् । आर्थिक वर्ष ०७७/७८ सम्म जिल्लामा संक्रमितको संख्या एक हजार ३ सय ३४ पुगेको छ । जबकी ४ वर्ष अघि ०७४÷७५ सालमा यो संख्या १ हजार ४ जना रहेको थियो । सरकारले सन् २०३० सम्म एड्सलाई सुन्यमा झार्ने लक्ष्य लिएको छ । विश्व एड्स दिवसको अवसरमा बुधबार नेपालगन्जमा जिल्ला स्वास्थ्य कार्यालय लगायतका विभिन्न संघसंस्थाले -याली निकालेर विविध कार्यक्रम आयोजना गर्दैछन् ।