हिमालयन बैंकको टीकापुरमा शाखा खुल्यो

टीकापुर : हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुरमा पनि शाखा खोलेको छ । बैंकको कैलालीमा चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौँ शाखा हो।
टीकापुर नगरपालिका–१ जमरापारीमा मंगलबारदेखि खुलेको शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले जानकारी दिए । बैंकका देशभर ७३ शाखा, विस्तारित काउन्टर ५, एटीएम एक सय ४६ र ५ हजारभन्दा बढी पीएसओ टर्मिनलहरु छन् ।