एनप्याब्सन बाँकेमा ८० विद्यालय आबद्ध

रमेशकुुमार यादव । नेपालगन्ज
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्याब्सन) बाँकेमा आबद्ध विद्यालयको संख्या ८० पुगेको छ ।
एनप्याब्सन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न १४औं वार्षिक साधारणमा खजुरा गाउँपालिकाका थप १० विद्यालय आबद्ध भएका थिए । ०६१ सालमा ७ वटा विद्यालयबाट बाँकेमा एनप्याब्सनको स्थापना भएको थियो । संस्थाका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले नयाँ सदस्यता पाएका विद्यालयलाई प्रमाणपत्र वितरण गरेका थिए । साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले सामुदायिक विद्यालय सरह निजी विद्यालयलाई पनि छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
एनप्याब्सन बाँकेका अध्यक्ष श्यामबहादुर कुवँरको अध्यक्षतामा सम्पन्न साधारणसभामा केन्द्रीय सचिव कुसुम रानाभाट, लुम्बिनी प्रदेश सदस्य गोविन्द चौधरीले शुभकामना दिइका थिए । सभाले कोषाध्यक्ष गोविन्द रावतको आर्थिक प्रतिवेदन र सचिव झलकको सांगठनिक प्रतिवेदन पारित गरेको थियो ।

सो अवसरमा जिल्लाका सबै स्थानीय तहका एन प्याब्सन इकाइ कमिटीका संयोजकहरुले विद्यालय सञ्चालनका विषयमा भएका समस्याबारे रिपोर्टिङ गरेका थिए ।