डुडुवा टी-२० क्रिकेटको उपाधि डुडुवा ३ को कब्जामा

रमेशकुमार यादव । छग्रहवा
डुडुवा टी-२० क्रिकेट प्रतियोगिताको उपाधि डुडुवाको वडा नंं. ३ ले जितेको छ ।
बाँकेको डुडुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको डुडुवा ३ को टिमले नगद ८० हजार रुपैयाँ पायो । प्रतियोगितामा दोस्रो भएको वडा न २ लाई ६५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । डुडुवा गाउँपालिका कार्यपालिका सदस्य लीलावति यादवले विजेता र उपविजेता टिमलाई पुरस्कार, ट्र्फी र प्रमाणपत्र वितरण गरेकी थिइन् ।

मेरो खुसीकर्मी यादवलाई सम्मान
प्रतियोगिता समापनको अवसरमा मेरो खुसी डटकमका संवाददाता रमेशकुमार यादवलाई सम्मान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सुरक्षाकर्मीहरु पनि सम्मान गरिएको थियो ।