जनमत त्रैमासिक रक्तदान ५१औं श्रृङ्खला : ३ महिलासहित ३५ जनाद्वारा रक्तदान

नेपालगन्ज : बाँकेको जनमत अर्द्धसाप्ताहिकको त्रैमासिक रक्तदानको ५१ औं श्रृङ्खलामा ३५ जनाले रक्तदान गरेका छन् ।

ग्रेस ग्लोबल ट्रेडिङ प्रालि नेपालगन्जसँगको सहकार्यमा शनिबार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मीलगायत गरी तीन जना महिलासहित ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पवन जायसवालले बताए । जनमतले आफ्नो रजत वार्षिकोत्सव २९ वैशाख ०६३ साल वैशाखदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।