विश्वभर क्रिसमस डे धुमधामका साथ मनाइँदै
नेपालगन्ज : इसाइ धर्मावलम्बीको ठूलो चाड क्रिसमस डे शनिबार विश्वभर धुमधामका साथ मनाइँदैछ ।
इसाई धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउने गरिन्छ । पवित्र आत्माबाट गर्भवती भइ कुमारी मरियमबाट जन्मिनुभएका ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा यो डे मनाउने गरिएको छ । आज भन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको वेथलेहेममा जन्मनु भएको थियो ।