कस्मिराको गार्मेन्टमा आगलागी, क्षतिको लगत संकलन गर्दै प्रहरी

नेपालगन्ज : नेपालगन्ज उप-महानगरपालिका-२ घरवारीटोलको लुम्बिनी गार्मेन्ट शुक्रबार राति आगलागी भएको छ ।
महिला उद्यमी कस्मिरा खातुन कालिमीयाको उक्त गार्मेन्टमा आगलागीबाट लुगा सिउने मेसिन, धागो बनाउने मेसिनलगायतका उपकरणका साथै तयारी लत्ताकपडा समेत जलेर नष्ट भएको खातुनले बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेले क्षतिको लगत संकलन गरिरहेको जनाएको छ । आगलागी लगत्तै उपमहानगरपालिकाको दमकलले आगो निभाएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।