बाघबाट मृतकका परिवारलाई गाउँपालिकाद्वारा ४० हजार किरिया खर्च प्रदान, वनले एक लाख दिँदै

रमेशकुमार यादव । सिधानवा
बाँकेमा बाघको आक्रमणमा ज्यान गुमाएका २ महिलाको परिवारलाई राप्तीसोनारी गाउँपालिकाले किरिया खर्चबापत ४० हजार रुपैयाँ प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले सोमबार किरिया खर्च वापत दुबै मृतकका परिवारलाई जनही २०र२० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । बाघको आक्रमणबाट राप्तीसोनारी ४ कि लीला विष्ट र वडा न ६ कि चाँदनी थारुको मृत्यु भएको थियो । बाँकेका प्र्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधि कँडेलसहितको टोली सोमबार मृतकको घरमै पुगेर संवेदना अर्पण गरेको थियो । डिभिजन वन कार्यालयले पनि मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने जनाएको छ । प्रजिअसहितको टोलीले सो क्षेत्रमा बाघको आतंकको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको थियो । बैजापुर क्षेत्रमा बाघ धपाउन दुई वटा हाती परिचालन गरिएको छ ।

प्राविधिक सामग्रीको अभावमा बाघ नियन्त्रण लिन समस्या भएको सीसीएफसी कम्दीका प्रमुख लवराज खरेलले बताए ।

एक हप्ताभित्र २ जनाको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीय त्रसिद भएका छन् ।राप्तीसोनारीका राजनीतिक दलले नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।