बर्दियामा नगद १ लाख ८२ हजारसहित १० जुवाडे पक्राउ

गुलरिया : बर्दियामा नगद १ लाख ८२ हजार ४ सय ५० रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित जुवा खेलाउने घरधनी दुलीचन थारुसहित अन्य ९ जना मंगलबार दिउँसो सवा १ बजे पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य व्यक्तिहरुमा बाँसगढी ७ का रामचन्द्र भन्ने आइतवारी थारु, श्यामप्रसाद थारु, रामकुमार थारु, भागीराम कुमाल रहेका छन् । त्यसैगरी सोही वडाका सीताराम थारु, उपेन्द्र खड्का, मोहम्मद अली, मनोजकुमार थारु, रविन्द्र सापकोटालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले बताए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको शाहीको भनाइ छ । उनीहरु उपर जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।