नेपालगन्ज-१८ तेजनगरमा पनि हाइमाष्ट लाइट !

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका-१८ को तेजनगरमा हाइमाष्ट लाइट जडान कार्य सुरु भएको छ ।
वडा अध्यक्ष दीपक वर्माले हाइमाष्ट लाइटको शुक्रबार शिलान्यास गरेका हुन् । वडा कार्यालयको आठ लाख २५ हजार रुपैयाँको लागतमा हाइमाष्ट लाइट जडान हुन लागेको हो । वडा अध्यक्ष वर्माले तेजनगरमा चालु आवमा तेजनगरमा २३ लाखको लागतमा सडक कालोपत्रे र दुईवटा सडक पीसीसी गरिएको जानकारी दिदैं थप विकास निर्माणका लागि पहल भइरहेको बताए । कारकाँदोमा यसअघि वडा कार्यालयको लागतमा २ वटा हाइमाष्ट लाइट जडान भइसकेको छ । स्थानीय अगुवा मोहनलाल डाँगीले वडा अध्यक्ष वर्मालाई विकास प्रेमी भन्दै वडाबासीका तर्फबाट सम्मान गरेका थिए ।