कपास खेतीको क्षेत्र विस्तार गरिँदै

नेपालगन्ज: कपास विकास समिति खजुराले उत्पादित कपासको बजारीकरण र क्षेत्र विस्तार गर्ने भएको छ ।

बर्षेनी कपास खेती गर्ने कृषकको संख्या र क्षेत्र घटन थालेपछि समितिले क्षेत्र विस्तार गर्ने भएको हो । समितिका कार्यकारी निर्देशक बुद्धबहादुर थापा (घर्ति) का अनुसार क्षेत्र विस्तारका लागि विगतमा खेती हुँदै आएको बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा कपास खेती गर्न गृहकार्य सुरुभएको छ । त्यस्तै बजारीकरणका लागि समेत सम्भावित बजारका क्षेत्रहरुको अध्ययन गरीरहेको छ । लामो समयदेखि धरासायी भएको समितिलाई माथी उठाउन बजारीकरण र क्षेत्र विस्तार गर्ने योजना अघि सारेको उनको भनाई छ । उत्पादित कपासको बजारीकरणमा समस्या हुँदा बर्षेनी कपास खेती गर्ने कृषकको संख्या पनि घट्दै छ । विगतमा ३ हजार ५ सय बढी हेक्टरमा हुँदै आएको कपास खेती हाल बाँके र दाँगमा गरी ७० हेक्टरमा मात्र हुदै आएको छ । बिक्रि नहुँदा समितिमा अझैपनि १३० मेट्रिकटन पुरानो कपास गोदाममा थन्क्याईएको छ ।