नेपालगन्जमा भव्य ‘वेष्टर्न ट्राभल मार्ट’ (फोटो फिचर)

नेपालगन्ज : पश्चिम नेपालको नेपालगन्जको पहिलो पटक भव्य रुपमा पर्यटन मेला सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँकेको आयोजनामा बिहीबारदेखि नेपालगन्जमा तीन दिने ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु भएको हो । नेपालगन्ज १८ कारकाँदोस्थित फोर स्टार होटल सिद्धार्थ भ्यूमा नेपाल र भारतका पर्यटनका क्षेत्रमा कार्यरत होटल, क्यासिनो, टुर अपरेटर, विमान सेवा कम्पनीले स्टल राखेर आफ्नो सेवा उत्पादनको सूचना आदान-प्रदान गरिरहेका छन् । मार्टका तस्बिरमय झलकहरु