कर्णाली नदीको -याफ्टिङमा रमाए भारतीय पर्यटक (फोटो फिचर)

शब्द/फोटो : शंकरप्रसाद खनाल । कर्णाली चिसापानी (कैलाली)
भारतीय पर्यटकहरु कर्णाली नदीमा -याफ्टिङ गरेर रमाएका छन् ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँकेको आयोजनामा बिहीबारदेखि जारी तीन दिने ‘वेष्टर्न ट्राभल मार्ट’ अन्तर्र्गत शुक्रबार दिउँसो कैलालीको चिसापानीमा ४ किलोमिटर लामो -याफ्टिङ गराइएको हो । चिसापानीस्थित कर्णाली -याफ्टिङ एण्ड एड्भेन्चर प्रालिका गाइडहरुले -याफ्टिङ गराएका थिए । बिहीबार नेपालगन्जमा राउटे मुखियाले मार्टको उद्घाटन गरेका थिए । भारतीय पर्यटकको टोली शुक्रबार राति ठाकुरद्वारा बास बसेर शनिबार जंगल सफारी गर्ने कार्यक्रम छ ।