कोहलपुर-३ का १८६ भूमिहीनहरुलाई लालपूर्जा वितरण

कोहलपुर-३ का भू्रमिहीनहरुलाई लालपूर्जा वितरण गर्दै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ । फोटो : शिव सुनारको फेसबुकबाट

कोहलपुर : बाँकेको कोहलपुरका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आइतबार कोहलपुर–३ ले गाउँब्लक क्षेत्रका १८६ भूमिहीनहरुलाई लालपूर्जा वितरण गरेकी हुन् । लालपूर्जा वितरण कार्यक्रममा सांसद पूर्णाकुमारी सुवेदीर नगर प्रमुख लुटबहादुर रावतको पनि सहभागिता रहेको थियो । सो क्षेत्रमा २०५४ सालमा नापनक्सा गएको गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको हो ।