पीएम कप महिला भलिबल : हरियाणा क्लबले जित्यो उपाधि

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको विजेता भारतीय हरियाणा स्पोर्टस्

नेपालगन्ज : भारतको हरियाणा स्पोर्टस् क्लब प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको विजेता भएको छ ।
सोमबार नेपालगन्ज रंगशाला परिसरको कभर्ड हलमा सम्पन्न फाइनल खेलमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

विजेता हरियाणाले ५ लाख रुपैयाँ र उप-विजेता पुलिसले २ लाख ५० हजार रुपैयाँ जितेका छन् । अर्को विभागीय टोली त्रिभुवन आर्मी भने तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । आर्मीले होङ्गान्जी न्यु डायमण्ड स्पोट्र्स क्लबमाथि ३-० को सोझो सेटमा जितेको थियो । आर्मीले १ लाख रुपैयाँ र चौथो भएको डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।