होमस्टे महासघंको महासचिवमा बाँकेका चौधरी निर्वाचित

नेपालगन्ज : होमस्टे महासघंको तेस्रो सम्मेलनबाट गाभर भ्याली होमेस्टेका कृष्णलाल चौधरी केन्द्रीय महासचिवमा निर्वाचित भएका छन् ।
बाँकेका बैजनाथ गाउँपालिकाको गाभर भ्याली होमेस्टेमा आइतबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा भने चितवनका प्रेमशंकर मर्द्निया थारु निर्वाचित भए । त्यसैगरी उपाध्यक्षमा बाबुराजा महर्जन, एकराज घिमिरे, धनिस्वर बश्याल, प्रकाश गुरुङ, महसचिव कृष्णलाल चौधरी (बाँके), सचिव गंगादेवी हायजु र कोषाध्यक्ष सुरज बास्तोलासहित ३५ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

सम्मेलनले ९ बुँदे गाभर भ्याली घोषणापत्र पनि जारी गरेको सोमबार नेपालथगन्जमा आयोजित पत्रकार सम्मेलनमा महासचिव कृष्णलाल चौधरीले जानकारी दिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष महर्जन र संस्थापक अध्यक्ष भीम केसीले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए । देशका ६८ जिल्लामा १ हजार ५०० भन्दा बढी सामुदायिक र निजी होमेस्टेहरु रहेको महासंघले जनाएको छ ।