राँझामा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज : बाँकेको राँझा चोकमा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार बिहान करिव आठ बजेतिर नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा चोकमा भे १ क ६५७ नम्बरको टिप्परले ठक्कर दिँदा ५५ वर्षीय वीरबले भण्डारीको मृत्यु भएको हो । मृतक भण्डारी हुम्ला खार्पुनाथ गाउँपालिका–५ घर भइ हाल राँझामा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ठक्कर दिने टिप्परसहित बारबर्दिया नगरपालिका जयनगरका ४५ वर्षिय टिप्पर चालक मक्कु थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितका आफन्तले उचित क्षतिपूर्तिका साथै ठक्कर दिने टिप्पर चालकलाई कारबाहीको माग गर्दे विरोध जनाएका छन् ।