गुलरिया नगरपालिकाकी उपमेयर गिरी एमालेमा प्रवेश

गुलरियाः बर्दियाको गुलरिया नगरपालिकाकी उपप्रमुख शुसिला गिरी नेकपा एमालेमा प्रवेश गरेकी छिन । २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसवाट निर्वाचित उपमेयर गिरीसंगै वडा नम्वर ६ का वडाअध्यक्ष निरज शर्मा पनि बिहिबार नेकपा एमालेमा प्रवेश गरेका हुन ।
बर्दियाको गुलरियामा आयोजित नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रमुख गिरी, वडाअध्यक्ष शर्मा, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य बालकृष्ण खनालसहित विभिन्न पार्टीबाट दुई हजार पाँच सय बढी ब्यक्तिहरुलाई एमाले प्रवेश गराएको नेकपा एमाले बर्दियाका सचिव पदम ढकालले जानकारी दिए ।
पार्टी प्रवेश गर्दै गुलरिया नगरपालिकाकी उपमेयर गिरीले विचार, सिद्धान्त, दर्शन नमिल्ने अपवित्र र नीतिगत स्वार्थलाई केन्द्रमा राखेर लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने दलहरुबाट देशको भलो नहुने बताईन ।