सर्वोच्चका न्यायाधीश विमानमा अस्वस्थ भएपछि…

नेपालगन्ज : सर्वोेच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठ उडिरहेको विमानमा अस्वस्थ भएपछि धनगढीबाट काठमाडौं उडेको विमान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
बुद्ध एयर नेपालगन्ज स्टेशन प्रमुख विनित शाहका अनुसार बुधबार बिहान धनगढीबाट बिहान ९ः१० बजे उडेको विमान सर्वोेच्च अदालतका न्यायाधीश श्रेष्ठलाई स्वास्थ्यमा समस्या देखा परेपछि ९ः४२ मा नेपालगन्जमा आकस्मिक अवतरण गरेको हो । न्यायाधीश श्रेष्ठलाई ओरालेर विमान २० मिनेटपछि काठमाडौं उडेको शाहले बताए । ‘ न्यायाधीश श्रेष्ठ विमानबाट आफै झर्नु भयो । अस्पताल पनि लैजानु परेन । उहाँले अब गाडीमा काठमाडौं फर्कने बताउनु भएको छ’, शाहले न्यायाधीश श्रेष्ठलाई उद्दृत गर्दै भने ।