शिख समुदायले नेपालगन्जमा ३२३औं खालसा साजना दिवस मनाउँदै

नेपालगन्ज : बाँकेका शिख समुदायले ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको वैशाखी पर्व नेपालगन्जमा विविध कार्यक्रम गरी मनाइने भएका छन् ।
श्री गुरु नानक देव सेवा सोसाइटी इन्टरनेशनल युएसएले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी वैशाख १, २ र ३ गते भव्य रुपमा मनाउने गुरुद्वारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले जानकारी दिए ।
अध्यक्ष सिंह खालसा साजना दिवस र वैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रमको मिडियामार्फत प्रचार प्रसार गर्न आग्रह गरे । तीनै दिन बिहानसम्म गुरुद्वारामा अखण्ड पाठ गरिने र अवधी भर लंगर र भण्डाराको समेत व्यवस्थापन गरिने संस्थाले जनाएको छ । वैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकसिहितको शोभा यात्राले नेपालगन्जको परिक्रमा गर्ने, लठ्ठी, तलवारसहितको मार्शल आर्ट (गतका) प्रदर्शन गरिनेछ ।