स्थानीय तह निर्वाचन-०७४ मा बाँकेका १४ उम्मेदवार जसले आफ्नै मत पाएनन् (सूचीसहित)

नेपालगन्ज : स्थानीय तह निर्वाचन–०७४ मा बाँकेका १४ उम्मेदवारले आफ्नो मत पनि पाएका थिएनन् ।
स्थानीय तह निर्वाचन २०७४ : एक झलक निर्वाचन आयोग क्षेत्रीय निर्वाचन कार्यालय बाँकेको रिपोर्ट अनुसार जिल्लाका नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका एक जना, कोहलपुर नगरपालिकाकामा वडाध्यक्ष पदका दुई जना, खजुरा गाउँपालिकामा उपाध्यक्ष पदकका एक जना र वडाध्यक्ष पदका दुई जना, जानकी गाउँपालिकामा अध्यक्ष पदका दुई जना, डुडुवा गाउँपालिकामा अध्यक्ष, वडाध्यक्ष र सदस्य पदका एक–एक जना र नरैनापुर गाउँपालिकामा एक जना अध्यक्ष पदका र दुई जना वडाध्यक्ष पदका उम्मेदवारले शून्य मत पाएका थिए । शून्य मत ल्याउनेमा ४ जना दलका र १० जना स्वतन्त्र उम्मेदवार छन् ।