एन्फा बाँकेको तेस्रो कार्यकालका लागि अध्यक्षमा शाही निर्वाचित

नेपालगन्ज : बाँके जिल्ला फुटबल संघको अध्यक्षमा तेस्रो कार्यकालका लागि भोजराज शाही निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत बलबहादुर चन्दका अनुसार शनिबार सम्पन्न चुनावी साधारणसभमा एन्फाका लुम्बिनी प्रदेश उपाध्यक्ष सूर्यमणि अधिकारीलाई सात मतले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन् । शाहीले ९ र अधिकारीले २ मत मात्र पाएका थिए । निर्मल चन्द, अनिलबहादुर केसी र टोपेन्द्र केसी तीन जना उपाध्यक्ष र महिला सदस्यमा नम्रता तामाङ निर्विरोध निर्वाचित भएका थिए । कार्य समिति सदस्यहरु गोबद्र्धनसिंह सम्झना, भोजबहादुर शाही, दिपेन्द्र घले, गोविन्दप्रसाद श्रेष्ठ, ईश्वर चन्द, राजु तामाङ, दिपु राना, अर्जुन खड्का, देवेन्द्र केसी र इन्द्रबहादुर राना चुनावी प्रक्रियाबाट निर्वाचित भएका थिए ।