नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम

नेपालगन्ज : बाँकेमा सोमबार यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।
जल तथा मौैसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार नेपालगन्जमा सोमबार ४०.३ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम् तापक्रम भने १८.६ डिग्री सेल्सियस रहेको विकले जानकारी दिए । उनले भने, ‘अहिले दिउँसो लु चलिरहेको छ । मध्यान्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर बाहिर निस्कँदा स्वास्थ्यका लागि हानिकारक छ ।’ अप्रिल महिनाको सुरुसँगै नेपालगन्जमा तातो हावा ‘लु’ चल्न थालेको हो । गत वर्ष सबैभन्दा बढी तापक्रम २८ अप्रिलमा ४१.७ डिग्री सेल्सियस पुगेको थियो ।