टीकापुर-८ द्वारा एम्बुलेन्स, जग्गादाता र स्वयंसेविकालाई सम्मान

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-८ ले दाता र समाजसेवीलाई सम्मान गरेको छ ।
शुक्रबार नयाँ वर्षको शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेर एम्बुलेन्स सहयोग गर्ने दाता, वडाको खोप क्लिनिक सञ्चालनका लागि जग्गादाता र महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरेको हो । वडाअध्यक्ष दीर्घबहादुर ठकुल्लाको अध्यक्षमा भएको कार्यक्रममा टीकापुर ८ का सल्लाहकार संयोजक धनसिंह साउँद, नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्का अध्यक्ष जितराम चौधरी, अपांगता सञ्जालका संयोजक प्रमोद लुहार, महिला स्वास्थ्य स्वयम सेविका देवसरा साउँद, त्रिभुवन माविका प्रधानाध्यपक रविन्द्र कठायत, बटनपुर ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष रणबहादुर साउँद, टेकबहादुर साउँदलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले एम्बुलेन्स अझैसम्म सञ्चालनमा आउन नसकेमा भने दुःख व्यक्त गर्दै वडा कार्यालय तथा धनसिहपुर स्वास्थ्य केन्द्रले एम्बुलेन्स सञ्चालका पहल गर्न अनुरोध गरेका थिए ।