सहकारीका पदाधिकारीलाई विपद् जोखिम हस्तान्तरण तालिम

मानबहादुर ठकुल्ला । राजापुर
बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ राजापुरमा सहकारीका पदाधिकारीहरुलाई विपद् जोखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि दुई दिने तालिम शनिबारबाट सुरु भएको छ ।

राजापुर नगरपालिका–९ स्थित नारी कल्याण साना किसान सहकारी संस्था लिमिटेडका पदाधिकारी लगायत स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु समेतलाई उक्त तालिम दिइएको छ । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालन भइरहेको पश्चिम नेपालमा जलबायु जोखिमयुक्त कृषिका लागि सूचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत उक्त तालिम संचालन भईरहेको कार्यक्रम संयोजक हेमन्त राज जोशीले जानकारी दिए । उक्त तालिममा समुदाय स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, बडघर र सहकारीका पदाधिकारी कर्मचारी गरि २९ जना सहभागी छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कैलालीका महामन्त्री लोकराज जोशी तालिमका सहजकर्ता हुन् ।