पेट्रोलियम पदार्थको मूल्य बढेसँग हवाई भाडा बढ्यो

नेपालगन्ज  : पेट्रोलियम पदार्थको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले बुधबारबाट लागु हुनेगरी हवाई भाडा बढाएको हो ।
असार ८ देखि लागू हुने गरि बढाएको आन्तरिकतर्फको हवाइ भाडा अन्तगर्त सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । त्यस्तै सबैभन्दा कम काठमाडौं सिमराका लागि १७० रुपैयाँ भाडा बढाएर अधिकतम ४ हजार १९५ पुगेको छ । नयाँ भाडा अनुसार काठमाण्डौ नेपालगन्जको अधिकतम भाडा १३ हजार ८१५ रुपैया रहेको छ । काठमाडौंदेखि पोखराको पाँच सयले बढेर अधिकतम ७ हजार नजिक पुगेको छभने जनकपुर रुटको ५ हजार ७९५ पुगेको छ । हेर्नुहोस कुन ठाउँको भाडादर कति ? सूचीसहित