नेपालगन्जमा बकर इदको उल्लास सुरु

नेपालगन्ज : इस्लाम धर्मावालम्बीको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर इद) बाँकेका मुस्लिम समुदायले उल्लासमय रुपमा मनाउन सुरु गरेका छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ । इटको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक विदा दिएको थियो । रमदान महिना भर उपवास बसेर इदगाहमा सामूहिक नामज पढेर इद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकर इद मनाइन्छ । नेपालगन्जको वीपी चोकलगायत जिल्लाका सबै मस्जिदमा आइतबार सामूहिक नमाज पढिएको थियो ।
सामूहिक नमाज पढे लगत्तै खसी, भेडा, दुम्बा, भैसी, राँँगा, उँटजस्ता जानवरको कुर्वानी (पशुवली) दिइन्छ । बलि दिएको मासु तीन भाग गरी एक भाग गरीबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन छ ।