फरार बाल यौन दुराचारी पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले बाल यौन दुराचार मुद्दाको एक जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद फैसला गरे पनि फरार रहेका बाँकेको डुडुवा गाउँपालिका ४ का ३३ वर्षका अनिस नाउलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले प्रेस नोट मार्फत जानकारी गराएको छ । पक्राउ गरिएका नाउलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।