कपास विकास समिति बोर्ड सदस्य पौडेलको विदाइ

खजुरा (बाँके) : कपास विकास समिति खजुराले सञ्चालक समिति सदस्य तथा अर्थ मन्त्रालयका प्रतिनिधि शरदचन्द्र पौडेललाई आइतबार विदाइ गरेको छ । पौडेल आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख थिए । उनको हालै काठमाडौंमा सरुवा भएको छ । कपास विकास समिति सदस्यका लागि अर्थ मन्त्रालयले नै एक जना प्रतिनिधि पठाउने गरेको छ ।
कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, कार्यकारी प्रमुख बुद्ध थापा घर्ती, कपास विकास अधिकृत विजयकुमार जोशीसहितका कर्मचारीले सदस्य पौडेलको विदाइ गर्दै उनको भावी जीवनको सफलताको कामना गरेका थिए ।