डा. विनोद कर्णले पाँच वर्षमा दोब्बर मत ल्याए, अझै जित जुरेन

नेपालगन्ज : पश्चिम नेपालका चल्तीका प्लाष्टिक सर्जन डा. विनोदकुमार कर्णले अघिल्लो निर्वाचनभन्दा दोब्बर मत ल्याएका छन् ।
बाँके क्षेत्र नं. २ (२) प्रदेशसभा सदस्यको निर्वाचनको मंगलबार राति सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार डा.कर्णले एक हजार ३१३ मत ल्याएका छन् । जनता समाजवादी पार्टी नेपालका आदेशकुमार अग्रवाल आठ हजार २४६ मत ल्याएर निर्वाचित भएको निर्वाचनमा डा. कर्ण छैठौं स्थानमा आएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन-२०७४ मा पनि छैठौं स्थानमा आएका डा.कर्णले ५६८ मत ल्याएका थिए । अघिल्लो निर्वाचनभन्दा अहिले ७४५ बढी मत ल्याएका छन् । क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्जका अभियन्ता डा. कर्णलाई यो निर्वाचनमा पनि जित जुरेन । डा. कर्णले निर्वाचनको नतिजा आइसकेपछि फेसबुकमा स्टाटस लेखेर मतदाता र शुभेच्छुकलाई यसरी धन्यवाद दिएका छन् :