विश्व कप फुटबल : एम्बाप्पेले २ मिनेटमा २ गोल गरेर खेल बराबरीमा जारी

photo by Internet

नेपालगन्ज : विश्व कप फुटबल प्रतियोगिताको दोस्रो हाफमा फ्रान्सका एम्बाप्पेले २ मिनेटको अन्तरमा २ गोल गरेर खेल बराबरीमा पुगाएका छन् । अहिले खेल जारी छ ।

एम्बाप्पेले ८० मिनेटमा पेनाल्टीबाट पहिलो गोल फर्काएका थिए । ८१ मिनेटमा थप अर्को गोल गरेर खेललाई बराबरी बनाउँदै रोचक मोडमा पुर्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएर समय थपिने भएको छ । दुई गोलसँगै एम्बाप्पेले जारी विश्वकपमा सर्वाधिक ७ गोलको रेकर्ड बनाएका छन् । यसअघि पहिलो हाफमा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको थियो ।
डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पहिलो हाफको ३६ मिनेटभित्रै अर्जेन्टिनाले २ गोलको अग्रता लिएको थियो । २३ औं मिनेटमा मेसीले पेनाल्टीबाट गोल गर्दै विजयी सुरुवात गरेका थिए । खेलको ३६आंै मिनेथटमा एञ्जेल डी मारियोले अर्को गोल गरेर अग्रता दिएका थिए । अजेन्टिनाले फ्रान्सलाई दवाबमा राखेर अहिले दोस्रो हाफ खेलिरहेको छ ।