खाद्यद्वारा बाँकेमा धान किन्न सुरु (फोटो फिचर)

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालगन्जमा धान किन्न सुरु भएको छ । कम्पनी लिमिटेडको नेपालगन्ज कार्यालय प्रमुख रामशरण लामिछानेले मंगलबारदेखि धान खरिद गर्न सुरु गरेको बताए । ‘हरेक दिन १० जना किसानबाट ३० क्वीन्टलका दरले धान खरिद गर्ने योजना बनाएका छौं’, उनले भने, ‘स्थानीय तहको कृषि शाखाको सिफारिस पत्रको आधारमा धान बेच्ने दिन तोकेर खरिद गरेका छौं ।’ यो वर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य छ ।