भाषा आयोगका सदस्यसहित २० साहित्यकारलाई सम्मान

नेपालगन्ज : महेन्द्र पुस्तकालय नेपालगन्जले भाषा आयोगका दुई जना सदस्यसहित नेपाल र भारतका २० जना साहित्यकारलाई सम्मान गरेको छ ।
नेपाल–भारत साहित्य सङ्गोष्ठीको अवसरमा पुस्तकालयले भाषा आयोगका सदस्यद्वय डा.अमर गिरी र गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीलाई सम्मान गरेको हो ।

त्यसैगरी नेपाल–भारत साहित्य सङ्गोष्ठीका भारतीय संयोजक रजनीकान्त वशिष्ठ, भारतीय साहित्यकारहरु डा.रामबहादुर मिश्र, आराध्य शुक्ला, नूतन वशिष्ठ, अनुपमा शरद, पुनिता अवस्थी, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला, अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारङ्ग, राजेश वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पुस्तकालयका अध्यक्ष बलराम यादव र प्रमुख अतिथि भाषा आयोगका सदस्य डा.अमर गिरीले सबै जनालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।