ब्राउन सुगरसहित टीकापुरबाट एक भारतीय पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरबाट लागूओष ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक डेनीबहादुर स्वाँरका अनुसार सोमबार दिउँसो २ः३० बजे टीकापुर नगरपालिका ७ सोनाफाँटाबाट भारतको लखिमपुरखिरी जिल्ला तिकुनिया बस्ने वर्ष २० को सतिष रानालाई साइकल चलाएर आइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा पक्राउ गरिएको हो ।
प्रहरी चौकी कालाकुण्डाबाट स्वाँरको कमाण्डमा खटिएको प्रहरी टोली र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले निज सतिष रानालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले लगाएको कालो जिन्स पाईन्टको पछाडी बाँया खल्तिमा कालो प्लास्टिकको पोलिथिनमा पोका पारी लुकाइ छिपाइ गरि राखेको पोका १ थान कुल तौल ४ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले स्वाँरले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको इप्रका प्रमुख डीएसपी उद्बव भाटले बताए ।