नबिल बैंक तेस्रो नेपालगन्ज इन्टरनेशनल स्वीमिङ च्याम्पियनसीपको तयारी पूरा, सबै खेलाडी पुगे नेपालगन्ज
नेपालगन्ज : बाँकेमा शनिबार बिहान ८ बजेदेखि सुरु हुने नबिल बैंक तेस्रो नेपालगन्ज इन्टरनेशनल स्वीमिङ च्याम्पियनसीपको तयारी पूरा भएको छ ।
नेपालगन्ज स्वीमिङ क्लब बाँकेले शुक्रबार राति नेपालगन्जमा आयोजक, खेल प्राविधिक, टिम कोच, इभेन्ट पाटर्नरबीच आयोजना गरेको तयारी बैठकमा क्लबका अध्यक्ष केशवराज न्यौपानेले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भएको हो ।
नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा १४ र १५ कार्तिकमा आयोजना हुने प्रतियोगिताका लागि भारतको नयाँ दिल्ली र पञ्जाबका साथै नेपालका सबै प्रदेशबाट गरी एक सय भन्दा बढी खेलाडी, प्राविधिक, प्रशिक्षक र अभिभावक गरी दुई सय बढी ब्यक्ति नेपालगन्ज आइसक्नु भएको छ ।
नेक्लबका बरिष्ठ उपाध्यक्ष तथा इभेन्ट डाइरेक्टर सूर्यमणि अधिकारीका अनुसार प्रतियोगितामा ८ वर्षदेखि १७ वर्ष उमेर समूहका र १७ वर्षभन्दा माथिका खेलाडीबीच खुला प्रतिष्पर्धा हुने प्रतियोगितामा फ्रि स्टाइल, बेस्टस्ट्रोक, ब्याक स्ट्रोक, बटर फ्लाइ, रिले र ब्यक्तिगत गरी ८० वटा इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।











