नेपालगन्जमा ‘इएफटी’ प्रणालीबाट सामाजिक सुरक्षा सेवाग्राहीको खातामा जम्मा हुँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको सामाजिक सुरक्षा भत्ता ‘इएफटी’ प्रणालीबाट सेवाग्राहीको खातामा सिधै जम्मा गर्न लागेको छ ।

पञ्जीकरण शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको ुइएफटी र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासँग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरुमा अन्तरक्रियाु विषयक कार्यक्रममा शाखा प्रमुख प्रविणकुमार रानाले उपमहानगरले आगामी आर्थिक वर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए । उनी भन्छन्,
‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ । यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब उपमहानगरपालिकाले पैसा पठाउनेछ । आगामी साउनदेखि पाइलटिंगको रुपमा नेपालगञ्ज उपमहानगरपालिकासहित ५० वटा स्थानीय तहमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका माधव शर्माले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, समस्या र समाधानका विषयसंगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको शाखाले जनाएको छ ।