राप्रपा बाँकेले माग्यो समावेशी प्यानललाई भोट

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले समावेशी प्यानलका लागि भोट मागेको छ ।
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्रकुमार पौडेलले आइतबार विज्ञप्ती जारी गरी समावेशी प्यानलका पदाधिकारी तथा सदस्यका उम्मेदवारहरुलाई जिताउन प्रचार प्रसार गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । विज्ञप्तीमा राप्रपाले समावेशी प्यानललाई अत्यधिक बहुमतका साथ विजयी बनाउन उद्योगी, व्यापारी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी एवं सर्वसाधारणहरुमा सहयोगका लागि अपिल पनि गरिएको छ । राप्रपाले संघको निर्वाचनमा आफ्नो पार्टी निकट आधिकारिक उम्मेदवार भन्दै मदनराज शर्मा उपमहासचिव, कोषाध्यक्ष सलाउद्दीन जसगढ, सदस्यहरु इन्दिराकुमारी शाही, धर्मेन्द्र ठटेर र शिवराज कुर्मी रहेको पनि जनाएको छ । राप्रपाबाट विद्रोह गरेर साझा प्रजातान्त्रिक समूहमा गएका उपाध्यक्ष (वाणिज्य)का उम्मेदवार मो.सफिक बेहनाबारे विज्ञप्तीमा केही बोलिएको छैन ।