सम्बद्ध सदस्यमा १६ मतले गुरुङ्ग विजयी, १५/१५ मत ल्याउने पौडेल र श्रेष्ठले आधा कार्यकाल बाँड्ने

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सम्बद्ध सदस्यमा निर्वाचित किशन गुरुङ्ग, हिमनाथ पौडेल र विनय श्रेष्ठलाई बधाइ दिँदै संघका प्रवक्ता तथा समावेशी प्यानलका अध्यक्षका उम्मेदवार टंकबहादुर धामी । फोटो : मेरो खुसी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सम्बद्ध सदस्यमा स्वतन्त्र उम्मेदवार किशन गुरुङ्ग, साझा प्रजातन्त्रिकका हिमनाथ पौडेल र विनय श्रेष्ठ विजयी भएका छन् ।

२९ मतदाता रहेको सम्बद्धकोे शनिबार सम्पन्न मतदानमा शतप्रतिशत मत खसेको थियो । २ सदस्य निर्वाचित हुने सम्बद्ध सदस्यमा गुरुङ्गले १६ मत ल्याएका थिए भने पौडेल र श्रेष्ठले बराबर १५/१५ मत ल्याएका थिए । गोला प्रथाबाट जित निकाल्ने तयारी भइरहेको बेला एउटै प्यानलका दुई उम्मेदवारले बराबर मत ल्याएकाले आधा-आधा कार्यकाल बाँड्ने सहमति भएकाले निर्वाचन अधिकृत माधवप्रसाद शर्माले दुबै जनाको नाम घोषणा गरेका थिए ।

समावेशी प्यानलका सम्बद्धका एक मात्र उम्मेदवार फणाधर भण्डारीले भने १२ मत ल्याए । सम्बद्ध सदस्यमा उम्मेदवारी दिएका रंगबहादुर खड्काले भने अन्तिम समयमा उम्मेदवार फिर्ता लिएका थिए ।