जब बाँकेका उद्योगी व्यवसायी जमुनाहा भन्सार नाका पुगे…(फोटो फिचर)

नेपालगन्ज : बाँकेको जमुनाहा नाका भरिभराउ थियो । भारत जानेको लर्को र किनमेल गरेर फर्र्कने उत्तिकै थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबार मध्यान्न जमुनाहा नाकामा भन्सार सहजीकरण तथा सचेतना कार्यक्रम आयोजना गरेको थियो । १०० रुपैयाँभन्दा बढीको सामानको भन्सार गर्नुपर्ने नियमबारे संंघको टोलीले प्रत्यक्ष अवलोकन गर्दा मध्यान्न १२ बजेदेखि १ बजेसम्म भन्सार नाकामा ठूूलो भीँड लागेको थियो ।

भन्सार तिरेर आउनेहरुको पनि लामो लस्कर थियो । कति चोर बाटो भाग्न खोजिरहेका थिए । अरु दिन यति साह्रो भीँड नहुने यो नाकामा सोमबार देखिएको दृश्यलाई संघका अध्यक्ष टंकबहादुर धामीले सिनेमा देखाउँछौं भनेको साँच्चै रहेछ भनेर केहीले टिप्पणी गरिरहेका थिए ।