टीकापुर र भजनीबाट ब्राउन सुगरसहित ४ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट ९९० मिलिग्राम ब्राउन सुगरसहित टीकापुर नगरपालिका वडा न १ का २२ वर्षीय नरेश रावल र २४ वर्षीय प्रदीप भण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र कुमालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्लाको भजनी नगरपालिका–२ गौनियाबाट एक ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित सोही नगरपालिका–१ का २६ वर्षीय तपेन्द्र बोहरा समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से।७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।