कैलालीको भजनीबाट ६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
भजनी-९ पहलवानपुर झुलंगे पुल नजिकै भित्री सडक खण्डबाट घोडाघोडी नगरपालिका-१ सुखडका २६ वर्षीय प्रशान्त चौधरी र भजनी– ४ का २७ वर्षीय अभिशेख चौधरीलाई ६ ग्राम ६३० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
प्रशान्तले चलाएको से ४ प ३४४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय भजनीबाट सादा पोशाकका प्रहरी टोलीले शनिबार साँझ ६ बजेतिर पक्राउ गरेका हुन् । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।