वडा स्तरीय फुटबल : दाश्रो चरणका खेल सुरु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा जारी खुल्ला वडा स्तरीय फुटबल प्रतियोगितामा बिहीबारदेखि दोस्रो चरणका खेलहरु सुरु भएका छन् ।
पहिलो खेल टीकापुर नगरपालिका वडा नं. १ ए र टीकापुर नगरपालिका वडा नं. २ ए बीच भएको थियो । सो खेलमा टीकापुर नगरपालिका वडा नं. २ ए लाई टीकापुर नगरपालिका वडा नं. १ ए ले शून्यका विरुद्ध २ गोलले जित हासिल गरेको छ । त्यसै गरी प्रतियोगिताको दोश्रो खेल टीकापुर वडा नं. ८ बी र टीकापुर नगरपालिका वडा नं. ७ ए बीच भएको थियो । जसमा टीकापुर ८ बीले एकका विरुद्ध २ गोल अन्तरले विजय हासिल गरेको छ । त्यसैगरी
टीकापुर नगरपालिका वडा नं. ९ र राजापुर नगरपालिका वडा नं. ८ बीच भएको खेलमा भएको खेलमा राजापुर नगरपालिका वडा नं. ८ ले टीकापुर नगरपालिका वडा नं. ९ लाई एकका दुई गोल गरेर विजयी भएको छ । शुक्रबार हुने फुटबल प्रतियोगितामा टीकापुर नगरपालिका वडा नं. ५ र राजापुर नगरपालिका वडा नं. ६ का बीच पहिलो प्रतियोगिता हुनेछ भने दोश्रो खेल भजनी नगरपालिका वडा नं. ५ र गेरुवा गाउपालिका वडा नं. ४ बीच प्रतिस्पर्धा रहनेछ भने तेस्रो खेल टीकापुर नगरपालिका वडा नं. ६ बी र टीकापुर नगरपालिका वडा नं. १ बीबिच प्रतिस्पर्धा हुने प्रतियोगिता सञ्चालक समितिका संयोजक महेश रावलले जानकारी दिए ।