नेपालगन्जमा किरिया पुत्री भवनको शिलान्यास

सहाबुद्दिन हलवाई । नेपालगन्ज
बाँकेको नेपालगन्जमा किरिया पुत्री भवनको शिलान्यास गरिएको छ ।
बिहीवार नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ४ स्थित शिव पार्वती टोलमा उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र वडा नं. ४ का वडाध्यक्ष गोपाल पुनले किरिया पुत्री भवनको शिलान्यास गरेको हुन् ।

करिब ६० लाखको लागतमा २ तले अत्याधुनिक भवन ५ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेको । कृया बस्ने महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुनेछ भने मलामी र प्रसाद ग्रहण गर्नेहरुका लागि बस्ने वयवस्था समेत गरिनेछ । त्यस्तै भवन निर्माणका लागि उपमहानगरपालिकाले ११ लाख, संकल्पकर्ता माधवी शाहले १० लाख साथै सयौं सहयोगी हातहरुले ११ हजार भन्दा माथि सहयोग गर्ने घोषणा गरेको वडाध्यक्ष पुनले बताए ।