बाँकेमा यो वर्ष डेढ लाख मानिस विपद् प्रभावित हुने पूर्वानुमान

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठक । फोटो सौजन्य : रुपन ज्ञवाली

नेपालगन्ज : बाँके जिल्लामा योे वर्ष विपद्‌बाट डेढ लाख मानिसहरु प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले यो वर्ष २५ हजार घरपरिवारका एक लाख ५० हजार मानिसहरू प्रभावित हुनसक्ने पूर्वानुमान गरेको हो ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य अठारौं योजनाले यस्तो पूर्वानुमान गरेकाले विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ ।