गोपाल-नीना फाउण्डेशनद्वारा व्हिल चियर र शैक्षिक सामग्री वितरण

नेपालगन्ज : गोपाल–नीना फाउण्डेशनले नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामग्री तथा व्हिल चियर वितरण गरेको छ ।
शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयको कक्षा कोठाका लागि अत्यावश्यक सेतो पाटी र कक्षा १ देखि ३ गतेसम्मका विद्यार्थीहरुको पठनपाठनमा सहयोगी नेपाली वर्णमाला, अंग्रेजी र चित्रमय पाठ्य सामग्रीहरु उक्त विद्यालयलाई हस्तान्तरण गरिन ।
दुुई दशकदेखि भुजईगाउँ क्षेत्रको सामुदायका क्रियाशील गैरसरकारी संस्था ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रको संयोजन र सहकार्यमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमण, कार्यालय प्रमुख दिलीप गिरी र वरिष्ठ पत्रकार पूर्णलाल चुकेले शारिरीक रुपमा अशक्त ७९ वर्षिय स्थानीय भीमबहादुर क्षेत्रीलाई व्हिल चियर हस्तान्तरण गरे ।

व्हिल चियर पाएपछि शारिरीक रुपमा अशक्त ७९ वर्षिय क्षेत्री र उहाँको स्याहार सुसारमा कठिनाई भोगिरहेकी बुहारी मीना क्षेत्रीले खुसी व्यक्त गर्दै अब केही हदसम्म दैनिक जीवनयापनमा सहज हुने भएकोले सहयोगका लागि फाउण्डेसन परिवारलाई धन्यवाद दिइन ।
सो अवसरमा सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयका लागि शैक्षक सामाग्री वितरण गर्ने र नयाँ रोग सम्बन्धि चेतनामूलक कार्यक्रम आयोजना गर्ने अवसर दिएकोमा खुसी व्यक्त गरिन ।
कार्यक्रममा पत्रकार पूर्णलाल चुकेले संयोजन र सहजीकरणको भूमिका निर्वाह गरिएको उक्त कार्यक्रममा फाउण्डेशनका रिसर्च असिस्टेन्ट पुष्पा भुसालले उदीयमान रोगको बारेमा पावर प्वाइन्टबाट प्रस्तुती गरेकी थिइन । प्रस्तुतीको क्रममा उक्त उदीयमान रोगको परिचय र यसबाट बच्ने विभिन्न उपायहरुका बारेमा विस्तृत रुपमा जानकारी दिएकी थिइन । सो अवसरमा अन्तरक्रियात्मक छलफल पनि गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा फाउण्डेशनका स्वयंसेवक अनुप आर्याले फाउण्डेशनको परिचय र गतिविधि प्रस्तुत गरेका थिए ।
पश्चिम नेपालमा प्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत छन् ।
कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष माधवराम वर्मा, फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, फाउण्डेसनका स्वयम्सेवकहरु अनुप सुवेदी, प्रतिभा पौडेल, ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रका कार्यक्रम संयोजक महेश श्रेष्ठ, टीकाराम खनाल, दिलुकुमारी विक, हंशराम साहु, राम नरेश नाउ, शतक रक्तदाता पवन जायसवाल, पत्रकारद्वय अशोककुमार थापा, विजय मल्ल विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय नागरिक अगुवाहरु लगायत ६८ जनाको सहभागिता रहेको थियो ।