राजापुरका युवा ब्राउन सुगरसहित कैलालीमा पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
बर्दियाको राजापुरका एक युवा लागूऔषध ब्राउन सुगरसहित कैलालीमा पक्राउ परेका छन ।
कैलालीको टीकापुर नगरपालिका वडा न ९ खक्रौलामा दिउँसो करिब २ बजेतिर इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको अवस्थामा जेकजाँच गर्दा लागूऔषधसहित राजापुर नगरपालिका १ का २७ वर्षिय सुमन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले चलाएको भे १३ प ८२७ नम्बरको मोटरसाईकलको दायाँ पट्टिको ऐनाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको थियो । चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान भइरहेको छ ।