बर्दियामा १८ प्रतिशत बालबालिकालाई कुषोषण

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • बर्दियाका ६ हजार ३५८ जना बालबालिकाको पोषण लेखाजोखा कार्य गर्दा १ हजार १४४ जनामा शीघ्र कुपोषण पुष्टि
  • जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटै वडाहरुमा राष्ट्रिय पोषण लेखाजोखा अभियान जारी
  • ६ देखि ५९ महिनाका बालबालिकाहरुको उमेर अनुसार तौल, उचाई, लम्बाई र पाखुराको मध्ये परिधिको मापन गरी पोषण अवस्थाको लेखाजोखा गरिँदै
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

संजय आचार्य । गुलरिया
बर्दिया जिल्लामा ६ हजार बढी बालबालिकाको पोषण लेखाजोखा गर्दा कुषोषणको अवस्था चिन्ताजनक पाइएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत (पोषण फोकल पर्सन) मानव नेपालीका अनुसार वैशाख १७ गतेसम्म जिल्लाका ६ हजार ३५८ जना बालबालिकाको पोषण लेखाजोखा कार्य गर्दा १ हजार १४४ जनामा शीघ्र कुपोषण पुष्टि भएको छ । कुल बालबालिकामध्ये १७ दशमलव ९९ प्रतिशतमा शीघ्र कुपोषण रहेको छ ।

नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाको नेतृत्वमा यही वैशाख १५ गतेदेखि जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटै वडाहरुमा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु भएको छ । ६ देखि ५९ महिनाका बालबालिकाहरुको उमेर अनुसार तौल, उचाई, लम्बाई र पाखुराको मध्ये परिधिको मापन गरी पोषण अवस्थाको लेखाजोखा भइरहेको छ । बालबालिकामा देखिने कुपोषणको समयमै पहिचान तथा ब्यवस्थापन गरी ब्याप्त कुपोषणको अवस्थालाई न्यूनिकरण गर्ने उद्देश्यका साथ अभियान थालिएको हो ।
लेखाजोखाका क्रममा पहिचान गरिएका कुपोषित बालबालिकाको आवश्यक उपचार तथा ब्यवस्थापनको लागी स्थानीय वडामा रहेको बहिरंग उपचार केन्द्रमा प्रेषण गरिएको छ । उक्त अभियानमा स्थानीय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय बर्दियाको सक्रिय सहभागिता रहेको छ ।
अभियानमा बर्दिया जिल्लाको लागि ू न्युट्रिसन फर लाइफ परियोजना मार्फत एच.के.आइ. र थारू महिला उत्थान केन्द्र बर्दियाले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । समुदाय स्तरमै गरिएको यस अभियानले ६ महिना देखि ५ वर्षसम्मका बालबालिकामा रहेको कुपोषणको प्रारम्भिक अवस्था पहिचान गरि बालबालिकाको पोषण सुधारको लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।