आयोजक रेसिङ साहारा कोहलपुर गोल्डकपको फाइलनमा
कोहलपुर : बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकपमा लगातार दुई खेल जितेर आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनल प्रवेश गरेको हो । कोहलपुर रेसिङ साहारा क्लबलाई जिताउन पहिलो हाफको १६औँ मिनेटमा जर्सी नम्बर २४ का निराजन खत्रीले गोल गर्नु भएको थियो । पहिलो हाफकै ३८औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका ओमप्रकाश चौधरीले उत्कृष्ट हेडर गोल गर्दै २–० गोलको स्थितिमा लग्नु भएको थियो । दोस्रो हाफमा भने लालीगुुराँस एसोसियसन क्लब पोखराले कम ब्याक गर्ने निकै कोशिस गर्यो । निकै प्रतिष्पर्धात्मक खेलमा पोखराका लागि दोस्रो हाफको ६८ औँ मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गोल गर्नु भएको थियो ।
टिमले उत्कृष्ट पुुनरागमनको लागि धेरैपटक कोशिस गर्दासमेत फिनिसिङमा चुक्दा लालीगुुराँस एसोसियसन क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । खेलको म्यान अफ द म्याच कोहलपुर रेसिङ साहारा क्लबका ओम प्रकाश चौधरी बन्नुभयो ।
उहाँलाई कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा नगद् पाँच हजार र ट्रफी वितरण गर्नु भएको थियो । चौथौ कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ ।








