१५ लाखको पत्रकार कल्याणकारी कोष स्थापना गर्दै नेपालगन्ज उपमहानगर
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा १५ लाखको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।
उपमहानगरको आर्थिक सहयोगमा महासंघले आयोजना गरेको जिल्लाका पत्रकारहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी चार दिने अभिमुखीकारण तालिमको उद्घाटन गर्र्दैै नगर प्रमुख विष्टले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने र हरेक वर्ष ५ लाख रुपैयाँका दरले सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
कोष ूस्थापना गर्न कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । ुअब हामी छिट्टै सुरुको मूलधन १५ लाख हुने गरी अक्षयकोष खडा गर्दैछौं, त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौं,ु उहाँले भन्नुभयो(ुजेठ १५ गते गणतन्त्र दिवसको दिन हामी घोषणा गर्छौं ।ु नगर प्रमुख विष्टले मिडिया प्रवर्द्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले यस अघि नै सन्चार नीति भने बनाइसकेको छ ।
नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो । चौलागाईले पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै तालिमले सीप र आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकासका लागि एआई तालिम आयोजना गरिएको बताउनुभयो । ूआज विश्व तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमा भन्दा बाहिर पुगिसकेको छ,ू गिरीले भन्नुभयो(ुसमाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म एआइको प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ, त्यसैले यो तालिमको महत्व छ । बाँकेका ४० जना पत्रकारको सहभागिता रहेको तालिममा भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।









